बैशाख ११, २०८१, मंगलबार
               

काठमाडौंमा फेरि भूकम्पको धक्का

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार दिउँसो ४:३० बजे भूकम्पको धक्का महसुुस भएको हो ।

ललितपुरको बंगलामुखी मन्दिर केन्द्रबिन्दु भएकर ३.५ रेक्टर स्केल स्केलको भूकम्म आएको राष्ट्रिय भूकम्प केन्द्रले जानकारी दिएको छ ।

यसअघि हिजो (मंगलबार) राति पनि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार मंगलबार राति ११ बजेर २७ मिनेटमा  २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो । 

सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको केन्द्रले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि