बैशाख ०८, २०८१, शनिबार
               

बलात्कार आरोपमा वडा सचिव पक्राउ

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

कैलाली । बलात्कार आरोपमा (कैलालीमा) एकजना वडा सचिव पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–४ का वडा सचिव सुमनकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले साउन १८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि