बैशाख १३, २०८१, बिहीबार
               

१४ जिल्लामा निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाठौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार बुधबारसम्म स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् ।

साउन ७ गते लकडाउन खुलेसँगै देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

साउन ६ गतेसम्म मुलुकभर १८ हजार ९४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि १३ दिनमा, २० साउनसम्म २ हजार ९१५ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित बढेसँगै सप्तरी, बाँके, पर्सा, बारा, स्याङजा र सर्लाही जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

सर्लाहीमा आजदेखि अनिश्चित समयसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बाँकेमा १७ गतेदेखि २४ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

पर्सामा १९ गतेबाट जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

स्याङ्जा जिल्लाभर साउन १३ गतेदेखि २३ गतेसम्म निषेधाज्ञा छ। सप्तरीमा २० गतेदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा छ ।

त्यस्तै, बारमा साउन १८ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ ।

गृहका अनुसार बझाङको थलारा गाउँपालिकामा साउन १९ देखि ३२ गतेसम्म, बझाङको केदारसिउँ गाउँपालिकामा साउन १७ देखि ३२ गतेसम्म र महोत्तरीमा साउन १६ गतेदेखि आज ९२१ साउन० सम्म निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिकामा १७ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ भने १८ गतेदेखि सुरु भएको झापाको विर्तामोडमा पनि अनिश्चितकालीन निषेधाज्ञा जारी छ ।

साउन १९ गतेबाट अर्को आदेश नभएसम्मकका लागि सुनसरीको बराह क्षेत्र, इटहरीमा निषेधाज्ञा गरिएको छ ।

मोरङको विराटनगर महानगरपालिकामा साउन १६ देखि ३० गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

धनुषाको छिरेश्वरनाथ र जनकपुरमा १९ गतेदेखि जारी निषेधाज्ञा २५ गतेसम्मका लागि कायम गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिकाको वडा नं ९ र ककनी गाउँपालिकाको वडा नं ५ अनिश्चितकालीन निषेधाज्ञा जारी छ ।


कस्तो लाग्यो ?

यो पनि