बैशाख ०४, २०८१, मंगलबार
               

रतुवामाई नगरपालिका १० दिनका लागि 'सिल'

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

विराटनगर । तीव्ररुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्णरुपमा 'सिल' गरिएको छ । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि मंगलबार राति १२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र सिल गर्नुपरेको मेयर रविन राईले बताए ।

समुदायमा कोरोना भाइरसको जोखिम बढेको पनि उनको भनाइ छ । नगरपालिकाले नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस समुदायमा फैलन नदिन अत्यावश्यक बाहेक नगरभित्र सम्पर्ण यातायात सेवा र सर्वसाधारणको आवतजावत पनि बन्द गरिने मेयर राईको भनाइ छ । नगर क्षेत्रभित्रका जोखिमयुक्त ठाउँहरुको पहिचान गरेर १५ जनाको स्वाब संकलन गर्दै पिसिआर परीक्षण पनि गरिने भएको छ । 


कस्तो लाग्यो ?

यो पनि