बैशाख १४, २०८१, शुक्रबार
               

जरायोको सिंङसहित एक जना पक्राउ

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

बर्दिया । जरायोको सिंङसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ७ का ३१ वर्षीय बाबुराम लोधलाई प्रहरीले बुधबार १ थान जरायोको सिङसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा लुकाएर लैजाने क्रममा सिमा प्रहरी चौकी मथुराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गुलरिया– ८ डब्बा गाउँबाट लोधलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

पक्राउ परेका लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि