चैत १६, २०८०, शुक्रबार
               

राम मन्दिर शिलान्यास गर्न पुगे मोदी

एजेन्सी
साउन २१, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट आज अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवा विमानबाट दिल्लीदेखि लखनउ उडेका हुन् ।

मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास गर्ने छन् ।

बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बनाइँदै छ । 

मन्दिरको शिलान्यासका लागि मोदी आज अयोध्या जाने भएका हुन् । मोदी अयोध्या आउने भएपछि घुसपैठ नहोस् भनेर सीमामा समेत उच्च सुरक्षा अपनाइएको छ ।

सुरक्षाकै कारण नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुरसमेत परिचालन गरी जाँच थालिएको छ भने दसगजा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि