चैत १५, २०८०, बिहीबार
               

१६ लाख नगदसहित एक पक्राउ

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय बिनोद सोनारलाई १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन्।

पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ गड्डी बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए।

सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरेको छ । 

यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्र्याक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ ।

मङ्गलबार राति करिब ८ बजे ट्र्याक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि