बैशाख १३, २०८१, बिहीबार
               

राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त भएका छन् । विश्वकप एवं एएफसी एसिया कप छनोट खेलका लागि नेपालको गोल किपिङ प्रशिक्षकमा पूर्वराष्ट्रिय गोलरक्षक समेत रहेका मल्ल नियुक्त भएका हुन् ।

एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको जनाइएको छ । नेपाली राष्ट्रिय टोलीमा सन् २००५ देखि २०१३ सम्म बिताएका मल्लले एएफसी लेभल १ गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका थिए ।

नव नियुक्त मल्लले घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको गोलरक्षक तथा कप्तानको भूमिका समेत निर्वाह गरिसकेका छन् । विकास एन्फाको पहिलो ब्याचका गोलरक्षक समेत हुन् । सन् २००५ मा पाकिस्तानमा भएको साफ गेममा भेट्रान गोलरक्षक उपेन्द्रमान सिंहको स्थानमा भारतविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि