बैशाख ०५, २०८१, बुधबार
               

एकदिवसीय क्रिकेटमा आयरल्याण्डको सहजै जित

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

एजेन्सी । एकदिवसीय क्रिकेटमा आयरल्याण्डले जित हासिल गरेको छ । इङल्याण्डसँगको तेस्रो एवं अन्तिम एकदिवसीय क्रिकेट मा आयरल्याण्डले जित हासिल गरेको हो । गएराति साउथह्याम्पटनमा उक्त क्रिकेट खेल भएको थियो ।

त्यस खेलमा आयरल्याण्ले इङल्याण्डले ७ विकेटको अन्तरले सहजै जित हासिल गरेको हो । टस जितेर बलिङ रोजेको आयरल्याण्डले ३२९ रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा भेट्टाएको थियो ।

यता इङल्याण्डका कप्तान ओइन मोर्गानले १०६ रनको योगदान गरेपनि सफलता पाउन सकेनन् । आयरल्याण्डको जितको लागि पाउल स्र्टलिङले १४२, एन्डी बालविर्नेले ११३ रन बनाए । त्यस्तै, तीन खेलको श्रृंखलामध्ये इङ्ल्याण्ड २–० ले अगाडि थियो । 


कस्तो लाग्यो ?

यो पनि