बैशाख ०८, २०८१, शनिबार
               

विराटनगरका एक नेपालीको अमेरिकामा डुबेर मृत्यु

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

बोस्टन । अमेरिकामा एक नेपालीको पानीमा डुबेर मृत्यु भएको छ । अमेरिकास्थित मिनेसोटामा पानीमा डुबेर गत शनिबार विराटनगरका आशुतोष दाहालको मृत्यु भएको जनाइएको छ ।

मृतक २४ वर्षीय दाहाल शनिबार स्थानीय बिग लेकमा ट्युबिङ गर्न गएको जानकारी प्राप्त भएको छ । उनको शव सुरक्षाकर्मीहरुले फेला पारेका थिए ।

कोरोना भाइरसको जोखिमका कारण उनका आफन्त आउन नसक्ने भएकाले दाहालको अन्तिम संस्कार यतै गर्ने र अस्तु नेपाल पठाउने तयारी भएको एसोसिएसन अफ नेपाली इन मिनेसोटाले जनाएको छ । विदेशी भूमिमा विभिन्न कारण धेरै नेपालीले ज्यान गुमाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि