चैत १६, २०८०, शुक्रबार
               

दुई लाख घुस लिएको अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरेको हो । आरोपी रानाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि