बैशाख १२, २०८१, बुधबार
               

अध्यक्षद्वयबीचको छलफल मंगलबार पनि विनानिष्कर्ष टुंगियो

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल पुन: विनानिष्कर्ष टुंगिएको छ ।

बालुवाटार स्रोतका अनुसार ओली पक्ष स्थायी कमिटी बैठक राख्न तयार नभएको र दाहाल पक्षले स्थायी कमिटी बैठकबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका कारण सो बैठक विनानिष्कर्ष टुंगिएको हो ।

छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी भएका थिए । 

मंगलबार बालुवाटारमा करिब सवा घण्टा वार्ता तथा छलफल भएको बताइएको छ  । तर, सो छलफलमा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण छलफल विनानिष्कर्ष टु‌ंगिएको बालुवाटार स्रोतले बतायो । 

सो छलफलमा  सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका पनि बताइएको छ । उनीहरुले विवादित व्यक्तिलाई नियुक्ति  गरेको भन्दै आपत्ति जनाइएको बताइएको छ । जसका कारण छलफलमा केहीबेर चर्काचर्की भएको पनि सो स्रोतले जानकारी दियो । 

यो पनि