बैशाख ०८, २०८१, शनिबार
               

क्यासिलासले फुटबलबाट लिए सन्यास

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  रियल मेड्रिड तथा स्पेनका गोलकिपर इकर कासिलासले खेलाडी जीवनबाट सन्यास लिएका छन् ।

हाल पोर्चुगलको पोर्टो एफसीमा आवद्ध ३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । रियल मड्रिडमा १६ वर्ष आवद्ध भएका क्यासिलासकाे सहभागितामा ३ च्याम्पियन्स लिग तथा पाँच ला लिगा उपाधि हात पारेका थिए ।

सन् २०१० मा विश्वकप जितेका क्यासिलासले सन् २००८ र सन् २०१२ मा युरोपियन च्याम्पियनसिप हात पारेका थिए ।

सन् २०१५ मा पोर्टो क्लबमा आवद्ध भएका क्यासिलासलाई सन् २०१९ को अप्रिलमा हृदयघात भएको थियो त्यसयता उनी फुटबल मैदानमा अभ्यासका लागि गएका थिएनन् । 


कस्तो लाग्यो ?

यो पनि