चैत १५, २०८०, बिहीबार
               

बालुवाटारमा ओली–दाहाल भेटवार्ता सुरू

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।

बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । पछिल्लो समय नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपामा विवाद चुलिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार साँझ ५ बजेपछि सुरु भएकाे छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।

 


कस्तो लाग्यो ?

यो पनि