बैशाख ०८, २०८१, शनिबार
               

दाहाल र गौतमको छलफल ६ बुँदामा केन्द्रित

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच यसअघि गौतमले राखेका ६ बुँदामा केन्द्रित भइ छलफल भएको छ । गौतम निवासमा म‌ंलबार अध्यक्ष दाहाल र उपाध्यक्ष गौतम बीच ती बुँदामा केन्द्रित भई छलफल भएको हो । 

गौतमलाई भेट्न गौतम निवास पुगेका दाहाल र गौतमबीच करिब ४० मिनेट कुराकानी भएको जनाइएको छ ।

अध्यक्ष प्रचण्ड गौतमलाई भेट्न मंगलबार बिहान ११ बजे भैंसेपाटी पुगेका थिए । केपी शर्मा ओलीसँग भएको छलफलबाट निष्कर्ष निस्कने सम्भावना न्यून भएपछि विवादको निकास खोज्न दाहाल गौतम निवास गएका हुन् । 

आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग दालहाले छलफल गरेका थिए । 

गौतमले गत साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरी त्यसबाटै निकास खोज्नुपर्ने जनाउँदै आएका छन् । 

गौतमको सो प्रस्तावसँगै नेकपाको विवादले फरक मोड लिएको थियो । गौतमकै सो प्रस्तावका कारण प्रधानमन्त्री पुन शक्तिशाली बन्दै गएका छन् । गौगमले ल्याएको सो प्रस्तावपश्चात प्रधानमन्त्री केपी शर्मा ओली पनि गौमत भेट्न गौतम निवास गएका थिए । 

गौतमको उक्त प्रस्तावमा महाधिवेशनसम्म ओलीले दुवै पद छाड्न नपर्ने तर प्रचण्डलाई पार्टीको पूर्ण जिम्मेवारी दिनुपर्ने उल्लेख छ । यो प्रस्तावमा ओली समूह सकारात्मक छ भने प्रचण्ड नेपाल समूह ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्नुपर्ने अडानमा उभिएको छ ।


कस्तो लाग्यो ?

यो पनि