बैशाख १३, २०८१, बिहीबार
               

'संवेदनशील बनौं, केन्द्रीय समिति बैठक अहिले बस्दैन' : प्रधानमन्त्री

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको अवस्था संवेदनशील बन्दै गएकाले धेरै संख्यामा भेला, बैठक र सभा समारोह नगर्न आग्रह गरेका छन् ।

आफ्नै पार्टीमा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाइएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले धेरै संख्यामा भेला, बैठक नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसहित विपक्षी दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले  कोरोना संक्रमणको अवस्था प्रति सबै संघ, संस्था र राजनीतिक दलहरु संवेदनशील बन्नुपर्नेमा दिए ।

पछि गर्दा पनि हुने भेला, बैठकहरु अहिलेनै गर्न हतार गर्न नुहने उनको भनाइ थियो । २५ जनाभन्दा बढीको जमघट नगर्न सरकारले मापदण्ड बनाएको समेत ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भने, 'मेरै पार्टीमा पनि बैठक गर्नुपर्‍यो भनेर माग हुन्छ । साढे चार सयको संख्या छ, यस्तो विषयमा संवेदशील बनौं ।'

नेकपामा स्थायी कमिटी बैठक एक महिनादेखि अलपत्र परेका बेला केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ सदस्यले हस्ताक्षर सहित निवेदन बुझाएका छन् । 

तर प्रधानमन्त्री ओलीले यस्तो बेला बैठक बोलाउन नसकिने प्रष्ट पारेका छन् ।


कस्तो लाग्यो ?

यो पनि