चैत १६, २०८०, शुक्रबार
               

दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । 

यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्नेमा विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए । 

बैठकपछि बाहिरिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सञ्चारकर्मीसँग भने, 'विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका छन् ।' विज्ञहरुको सुझावमा आफूले पनि सहमति जनाएको उनले बताए ।

विज्ञहरुको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको आफूले पाएको बताउँदै ठाकुले यसबारे थप छलफल गरेर प्रधानमन्त्री छिट्टै टुंगोमा पुग्ने उनले जानकारी दिए ।

सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए ।

उनले भने, ‘अब फेरि लकडाउन थपेर मात्रै समाधान हुने होइन । सरकारको योजना के छ ? । दुई हप्ता थप्ने र भोलि पनि अवस्था उस्तै रहे के हुन्छ ? यसबारे सरकार गम्भीर बनोस् ।’

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग कोरोना नियन्त्रणको लागि सुझाव लिन बैठक बोलाएका हुन् । 

प्रतिपक्षी दलका तर्फबाट देउवा र ठाकुर सुझाव दिएर बाहिरिए पनि बालुुवाटारमा प्धानमन्त्री र विज्ञहरुबीच छलफल जारी छ।  


कस्तो लाग्यो ?

यो पनि