बैशाख १२, २०८१, बुधबार
               

गाई काटेको आरोपमा चारजना पक्राउ

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

म्याग्दी । प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘चार जनालाई गाई काटिरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘मुलुकी अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।’


कस्तो लाग्यो ?

यो पनि