बैशाख ०७, २०८१, शुक्रबार
               

सुनिता दुलालको तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै गायिका सुनिता दुलालले नयाँ गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् । मायाप्रेम र समाजको चित्रण गरिएको गीतमा गायिका दुलाललाई स्वरमा खुमन अधिकारीले साथ दिएका छन् । गीतमा युवाहरुलाई मातृभूमिमै बसेर कुटो कोदालो गर्न समेत अभिप्रेरित गरिएको छ ।

युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत छ । नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण वि.क. भान्जाको संगीत संयोजन छ । 

गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । 

भिडियोमा गायक गायिका सुनिता र खुमनसमेत देखिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव विकले गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि