बैशाख ०८, २०८१, शनिबार
               

बालुवाटारमा ओली-देउवाको सवाल जवाफ: 'सुझाव नमान्ने भए किन बोलाउनुपर्‍यो ?'

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न नसकिने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 

सरकारको कामले मात्र कोभिड नियन्त्रण नहुने बताउँदै ओलीले जनतामा जति चेतना बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन समेत आग्रह गरे ।

प्रधानमन्त्रीलाई देउवाले के भने ? 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । 

छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । 

‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाले प्रश्न गरे । 

उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए ।

देउवाले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’ । 

देउवालाई ओलीले भने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवालाई लाई प्रधानमन्त्री ओलीले संकटको समयमा विरोधमा नउत्रिन आग्रह गरेका छन् । 

‘तपाईंहरु पार्टीको झगडामा अल्झिनु भएको छ, जनता कोरोनाले धमाधम मरेका छन् । कतै भोकमरी लागिसक्यो मजदुरको अवस्था उस्तै छ । त्यता पनि ध्यान दिनुस्।’ 

देउवाले संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए । देउवाले यस्तो भन्‍नेबित्तिकै प्रधानमन्त्री ओलीले जवाफ फर्काएका हुन् । 

'राजनीतिक दलका नेताहरुले जे गरे पनि विरोध नै गर्नुपर्छ भन्‍ने मानसिकता हटाउनु पर्‍यो, सरकारले आफ्नो बलबुताले भ्याएसम्म गरिरहेकै छ ।' ओलीले भने, 'लकडाउन खोल्यो भनेर, किन खोलेको भनेर पनि विरोध भएको सुनिरहेको छु। महामारी र संकटको बेलामा विरोध होइन, सरकारलाई सहयोग गरौँ।'

यो पनि