बैशाख १३, २०८१, बिहीबार
               

जोर-बिजोर वा लकडाउनबारे प्रधानमन्त्रीले थाले छलफल

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे विज्ञ तथा सरोकारवालाहरुसंग छलफल गरेका छन् । उनले जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफल अहिले बालुवाटारमा जारी छ । छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलगायत उपस्थित छन् ।

छलफलमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरू समेत छन् । कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन् । छलफलमा सिसिएमसीले लकडाउन गर्ने वा नगर्ने, जोर विजोर लगाउने वा नलगाउने  भन्ने विषयमा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्ने तयारी गरेको छ ।

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूसँग छलफल गरेका थिए । गत साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो । लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दै गइरहेका ठाउँमा स्थानीय तहले कहीँ निषेधाज्ञा गरेको छ भने कहीँ लकडाउन गरेको छ ।

काठमाडौँ उपत्यकासहित केही जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको छ ।

आजको छलफलमा फेरि लकडाउन गर्ने वा सङ्क्रमणको रोकथामका लागि अन्य विकल्प अपनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि