बैशाख ०८, २०८१, शनिबार
               

आज पनि मौसमबाट पूर्ण सतर्कता अपनाउन सुझाव

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसमको गतिविधीबारे विवरण प्रकाशन गर्दै आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन सुझाव दिएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, वाग्मती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, राती पनि देशभर सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा वांकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि