बैशाख ०८, २०८१, शनिबार
               

बलत्कार आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

रानाभाटलाई बलत्कार आरोपमा सोमबार साँझ  निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । 

गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्ति (हाल जनता समाजवादी पार्टी) बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए  ।

अनुसन्धानको क्रममा हिरासतमा रहेका रानाभाटलई 'तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको' (उनको पार्टी) जनता समाजवादी पार्टी, पालुङटार नगर कमिटीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि