बैशाख १३, २०८१, बिहीबार
               

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने पनि अबैधानिक नेपाली श्रमिक

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने कामदार पनि नेपाली नै रहेकाे खुलाशा भएकाे छ । 

मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेका भिडियो सामाजिक सञ्जालमा केहीदिनदेखि भाइरल थियो । उक्त भिडियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत एक युवकलाई लगातार कुटपिट गरिरहेको देख्न सकिन्छ । 

उनलाई कुटपिट गर्ने व्यक्ति पनि अबैधानिक रुवमा मलेसियमा काम गर्दै बसेका नेपाली नै रहेको खुलेको हाे ।

मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार दुवैजना नेपाली हुन् । भिडियोमा देखिएको घटना जुलाई ७ को हो । बिहान करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्री मलमा घटना भएको हो । निजहरूमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाइजर रहेको दूतावासले जनाएको छ ।

दूतावासको सम्पर्कमा आएका दुवैजनाले उक्त भिडियोमा देखिएका व्यक्तिहरु आफूहरू नै भएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि