चैत १५, २०८०, बिहीबार
               

मानसिक तनाव दिएको भन्दै कक्षा ११का विद्यार्थी उत्रे प्रदर्शनमा

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कक्षा ११ का विद्यार्थीले बुटवलमा प्रदर्शन गरेका छन् । 

कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै उनीहरुले सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नो इक्जाम विथआउट पीसीआर’, ‘नो इक्जाम नो कोरोना’, ‘विद्याभन्दा स्वास्थ्य ठूलो’, ‘इनफ इज इनफ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकी प्रदर्शमा उत्रेका थिए । 

प्रदर्शनमा उत्रेका उनीहरुले पीसीआर टेस्टविना परीक्षा नलिन र मानसिक तनाव नदिन सरकारसँग माग गरेका छन् ।

सरकारले एक्कासि निर्णय परिवर्तन गरी कोरोना महामारीको त्रासका बेला परीक्षा लिने भनी मानसिक तनाव दिएकाले आफूहरु प्रदर्शनमा उत्रिनुपरेको बताएका छन् । 

बुटवलमा विभिन्न कलेजका विद्यार्थीले पुष्पलालपार्कदेखि चौराहासम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरु रुष्ट भएका छन् ।

कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको र विभिन्न चाडपर्वको समयका बेला परीक्षा लिन लिनु उपयुक्त नभएकाले विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुको भनाइ छ ।

यो पनि