चैत १६, २०८०, शुक्रबार
               

काठमाडौं उपत्यकामा ९ दिनमा कति थपिए संक्रमित ? आइतबारमात्रै ३१ जना थप

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थप भएका छन् । 

आइतबार काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना गरी ३१ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना र हिजो शनिबार ६ काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ । जसमा काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि