बैशाख ०८, २०८१, शनिबार
               

चार नेता खुमलटारमा

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आइतबार बालुवाटारमा भएको भेटघाटले पार्टी विवाद समस्या गर्ने कुनै उपाय सुझाउन सकेन । पूर्वअध्यक्ष झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङलाई साक्षी राखेर गरिएको बैठकमा वार्तालाई निरन्तरता दिने सहमति भने भएको थियो ।

प्रम ओली र प्रचण्ड आ–आफ्नो अडानबाट टसमस नभएपछि नेकपामा देखिएको विवाद सहजै टुङ्गिने छाँटकाँट देखिएको छैन । ओलीसँगको वार्तापछि पार्टीलाई फुटबाट कसरी जोगाउने भन्ने विषयमा छलफल गर्न प्रचण्ड पक्षका चार नेता अहिले खुमलटारमा भेला भएका छन् ।

अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ यतिखेर खुमलटारमा छलफलमा जुटेका हुन् । उनीहरूले दिउँसो ओलीसँग भएको कुराकानीबारे अरू नेतालाई जानकारी गराउनुका साथै गुटको भावी रणनीति बनाउने स्रोतले बताएको छ । सो बैठकमा ओलीतिर ढल्किएका उपाध्यक्ष बामदेव गौतमका बारेमा पनि कुरा उठाइने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि