बैशाख ०७, २०८१, शुक्रबार
               

मलेसियामा कुटाइ खाने युवक नवलपरासीका, को थिए कुट्ने व्यक्ति ?

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेको पुष्टि भएको छ । एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेका हुन् ।

उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले कुटपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन् । कुटिने युवक नवलपरासीका इश्लाम हुसेन हुन् ।

मलेसियन सुपरभाइजरले नेपाली युवलाई कुटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसैबीच, कम्पनीले भने कुटपिटमा संलग्न मलेसियन सुपरभाइजरको बचाउ गर्दै नेपालीले नै कुटपिट गरेको अभिव्यक्ति दिएो छ । 

कम्पनीले नेपालीले नै कुटपिट गरेको आरोप लगाएपछि घटनाको थप अनुसन्धानका लागि कम्पनी सञ्चालकलाई नेपाली दूतावासले झिकाएको छ ।

कुटपिटमा संलग्न व्यक्ति पनि नेपाली भगौडा कामदार भएको जवाफ कम्पनीले दूतावासलाई पठाएको छ। 

यसैबीच, भिडियोमा देखिएका व्यक्ति मलेसियन सुपरभाइजर भए पनि अरुलाई आरोप लगाएर उम्काउन खोजेको भन्दै कारबाही नभए उक्त कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी वैदेशिक रोजगार व्यवसायी संघले दिएको छ ।

यसका लागि मलेसियास्थित नेपाली दूतावासलाई पत्र पठाइसकिएको संघका महासचिव सुजित श्रेष्ठजानकारी दिएका छन् । 

कम्पनीलाई कारबाहीको दायरामा ल्याउनका लागि मलेसियास्थित सेक्युरिटी गार्ड एसोसियसनसँग पनि कुरा गरिसकेको उनले बताए ।

गत शुक्रबार मलेसियामा नेपालीमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि