बैशाख १४, २०८१, शुक्रबार
               

ओली–प्रचण्ड छलफल सकियो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान १० बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा पनि कुनै सहमति हुन नसकेको र छलफललाई निरन्तर राख्ने विषयमा दुवै अध्यक्ष सहमति भएको बताइएको छ ।

खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारेका छन् । 

उनले भने, अबका दिनमा दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भएको छ । ओलीजीले अहिले सचिवालय राखौं भने उनले स्थायी कमिटी बैठक राख्न मानेनन् । तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं । फेरि पनि वार्ता गर्ने सहमति भएको छ ।’ 

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन । 

असार १३ गतेदेखि दुई अध्यक्षबीच सम्वाद टुटेको थियो । स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेको भन्दै प्रचण्ड रुष्ट भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि