बैशाख ०८, २०८१, शनिबार
               

'प्रेम गीत ३' रिलिज नहुँदै अर्को चलचित्रमा मनिष पक्का

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी वर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्न लागेको हो ।

प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रका लागि अभिनेता मनिष राउत पक्का भएका छन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतलाई चलचित्रको लागि अनुबन्धित गरिएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टिमको भने जानकारी गराइएको छैन । केहि समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए ।

मनिष राउतले चलचित्र ‘प्रेम गीत ३’बाट डेब्यु गरेका हुन् । कोरोनाका कारण उक्त चलचित्र रिलिज हुन पाएन । तर, पनि मनिषलाई धेरै दर्शकले चिनेका छन् । 

स्क्रिप्ट तयार भइसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि