बैशाख ११, २०८१, मंगलबार
               

दीपेन्द्रले बनाउने ‘चिसो मान्छे’ र ‘लकडाउन’को कथा के हो ?

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

‘पशुपति प्रसाद, धनपति, आमा’ जस्ता सामाजिक विषयबस्तुमा चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र के खनाल अहिले दुई चलचित्रको निर्देशनमा जुटेका छन् । दीपेन्द्रले 'चिसो मान्छे' र 'लकडाउन' नामक चलचित्र निर्देशन गर्दैछन् । 

'चिसो मान्छे'मा समाजिक विषयवस्तुलाई नै प्रस्तुत गरिने निर्देशक खनालको भनाई छ । उनले भने, ‘यस चलचित्रमा अहिलेका मान्छेको स्वभाव, व्यवहार र मानवतालाई प्रस्तुत गरिनेछ । अहिले मान्छेहरू अर्कालाई सहयोग गर्ने वा अरूप्रति माया गर्ने कुरामा लोभी अर्थात् चिसो भएको नै चलचित्रको मुख्य विषयवस्तु हो ।'

कोरोनाको अवस्था सामान्य हुनासाथ 'चिसो मान्छे'को छायांकन सुरु गर्ने निर्देशक खनालले बताए । चलचित्रका लागि कलाकार भने तय भइसकेका छैनन् । स्कृप्टको काम सकिएलगत्तै कलाकार छनोट गरिने खनाको भनाइ छ ।

'लकडाउन' भने केही समय पछाडि निर्माण हुने चलचित्र हो । खनालले चलचित्रका लागि 'लकडाउन' नाम दर्ता गराइसकेका छन् । 

चलचित्र 'लकडाउन'मा कोरोनाका कारण भएको लकडाउन र त्यसबाट आम नागरिकमा परेको असरलाई प्रस्तुत गरिने निर्देशक खनालले बताए ।

यो पनि