बैशाख ०८, २०८१, शनिबार
               

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा बढेकाे हाे ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटरको १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य बढाएको छैन ।


कस्तो लाग्यो ?

यो पनि