बैशाख ०७, २०८१, शुक्रबार
               

पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतको भनाइ

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । 

चाइनिज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा सहभागी उनले विश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडी बढाउनुपर्ने  बताएका हुन् । 

उनले भने, ‘सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवसरमा चाइनिज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ ।

नेपालमा आउने चिनियाँ पर्यटकलाई प्रदान गरिँदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको बताइएको छ । 

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने उद्देश्य राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि