बैशाख ०६, २०८१, बिहीबार
               

वीरगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुग्यो

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) का कारण निधन हुनेको संख्या १० पुगेको छ । मृतक एक महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि सो महानगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको हो । 

यसअघि वीरगञ्जमा कोरोनाका कारण ९ जनाको निधन भइसकेको छ । 

वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलाको निधन शुक्रबार बयोधा अस्पतालमा  भएको थियो । उनी साउन १४ गते बुधबार सो अस्पताल भर्ना भएकी थिइन् । 

स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा उनको स्वाब पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको निधन भएको थियो । 

यो पनि