चैत १६, २०८०, शुक्रबार
               

सशस्त्र प्रहरी बलमा थप १७ जना कोरोनाको संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । इलाममा  सशस्त्र प्रहरी बल हेडक्वाटरमा थप १७ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । 

सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गण इलाममा कार्यरत उनीहरुमा शनिबार कोरोना पुष्टि भएको हो । 

यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । ४० जनाको स्वाब परीक्षण गराउँदा शनिबार १७ जनामा रिपोर्ट पोजेटिभ आएको हो । 

शनिबार थप १७ मा कोरोना पुष्टि भएसँगगै इलाममा संक्रिमतको कुल संख्या २८ पुगेको छ । संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन गोठगाउँमा पठाइएको छ बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि