बैशाख ११, २०८१, मंगलबार
               

लकडाउन खुलेपछि बढे काेराेना संक्रमित

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबारकाे नियमित प्रेस ब्रिफिङकाे क्रममा लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिनको तुलना गर्दा संक्रमितको संख्यामा शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएकाे मन्त्रालयले जनाएकाे छ । 

लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ जनाकाे पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो । यो भनेको २.८ प्रतिशत हो ।

त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ जनाकाे पीसीआर परीक्षणमा २ हजार ९२ जनामा संक्रमण देखिएकाे छ ।यो सँख्या ३.६ प्रतिशत हो ।

 संक्रमण दर हेर्दा शून्य दशमलव ८ प्रतिशतले बढकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 


कस्तो लाग्यो ?

यो पनि