बैशाख १३, २०८१, बिहीबार
               

नेपालमा कोरोना संक्रमितकाे संख्या २० हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

आज देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ३३८ जना छन् । बिहीबार ६ हजार ९९३ जनाकाे पिसिआर परीक्षण गर्दा हालसम्म नेपालमा ३ लाख ८२ हजार ४९० जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि