बैशाख ०७, २०८१, शुक्रबार
               

बाढीका कारण अफगानिस्तानमा १६ को मृत्यु

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । 

शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।  

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुर्‍याएको अधिकारीहरुको भनाइ छ । 

देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिए ।

“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उनले भने । 

बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताए । 

बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य जारी छ ।


कस्तो लाग्यो ?

यो पनि