बैशाख १३, २०८१, बिहीबार
               

नेपाली कुटिएको घटनाबारे मलेसियन प्रहरीले थाल्यो अनुसन्धान

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाबारे स्थानिय प्रहरी अधिकारी राजीव अहमद स्माइलले अनुसन्धान थालिएको स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन ।

‘हामीले प्रारम्भिक रुपमा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र पीडीत नेपाली गार्ड भएको थाहा पाएका छौं,’ प्रहरी अधिकारी अहमदले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।

नेपाली गार्डको परिचय अझै नखुलेको र आफूहरु अनुसन्धानकै क्रममा रहेको उनले बताए । उनले कसैलाई ती व्यक्तिबारे जानकारी भए प्रहरीलाई खबर गर्न समेत भनेका छन् ।

गत शुक्रबार एक सुरक्षा गार्डलाई अर्का व्यक्तिले कुटेको भिडियो भाइरल बनेको थियो । एक मिनेटको उक्त भिडियोमा एक मलेसियन भाषा बोल्ने व्यक्तिले बारम्बार छडीले नेपाली सुरक्षा गार्डमाथि आक्रमण गरेको देखिन्छ ।

मलेसियास्थित नेपाली दूतावासले पनि उक्त घटनामा गम्भीर ध्यानाकर्ष भएको जनाउँदै प्रहरीलाई उजुरी गरिसकेको छ ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली दूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘सो घटनाको थप अनुसन्धानका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।’

दूतावासले उक्त विषयमा थप जानकारी भएका आफूहरुलाई सम्पर्क गर्न समेत अपिल गरेको छ।


कस्तो लाग्यो ?

यो पनि