बैशाख ०६, २०८१, बिहीबार
               

ब्राजिलमा भयावय बन्दै कोरोना, कति पुग्यो मृतकको संख्या ?

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ संक्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ । 

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा संक्रमितको संख्यामा भने केही कमी आएको छ । 
गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी संक्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो । 

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक संक्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाइ छ ।     

यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । 

ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस संक्रमित हुने गरेका छन् । 

यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका छन् ।      


कस्तो लाग्यो ?

यो पनि