बैशाख ०८, २०८१, शनिबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । 

शनिबार विहानको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् ।  योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेवसाइटमा उल्लेख भए अनुसार कुल संक्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि संक्रमित अवस्थामै छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।   

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।   

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना संक्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि