बैशाख ०६, २०८१, बिहीबार
               

तुलसीलालको सपना साकार पारिँदैः प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उनले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए । ‘समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ’ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उनले आह्वान गरे ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता थिए । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उनि पनि सहभागी रहेका थिए । विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान संघको उनि संस्थापक अध्यक्ष थिए ।

विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उनले गरेका थिए । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उनले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए । 

तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ । विसं २०१९ मा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उनि पार्टीको महासचिव चुनिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि