बैशाख ११, २०८१, मंगलबार
               

कोरोना संक्रमितको शव व्यवस्थापनमा झडप, ७ जना प्रहरी घाइते

नेपाल फ्ल्यास
साउन १७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको महामारीले उग्ररुप लिँदै गएर संक्रमितदर र मृत्युदर पनि क्रमशः बढ्दै गएको छ । कतिपय स्थानमा मृतकको शव व्यवस्थापनमा विवाद पनि भइरहेको छ ।

यस्तै सन्धर्वमा पछिल्लो पटक फेरि कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय र प्रहरीबिच झडप भएको छ । पर्सा जिल्लामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयवासीले अवरोध गरेका हुन् ।

तर, स्थानीयको उक्त अवरोधकैबीच कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

सो झडपको क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको बताइएको छ । प्राप्त जानकारी अनुसार शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको बताइएको र ७ जना प्रहरी घाइते भएका छन् । 

गत १५ गते साउन वीरगञ्जमा कोरोना संक्रमण तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव उक्त झडपकै बिच व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि