बैशाख १३, २०८१, बिहीबार
               

मुख्यमन्त्री राउतद्वारा बकर इदको शुभकामना

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन्  ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद) को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गरेका छन्  ।

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उनले कामना गरेका छन् । 

वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्न समेत आग्रह गरेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि