बैशाख ०८, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका कार्यकारी अधिकृतको मृत्यु

नेपाल फ्ल्यास
साउन १६, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । 

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । 

उनी मुटुको रोगी समेत थिए । कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था थप गम्भीर बनेको डा. उपाध्यायले जानकारी दिए । भेन्टिलेटरमा उपचाररत उनको गएराति मृत्यु भएको हो ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि