चैत १६, २०८०, शुक्रबार
               

भारतमा धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन जारी

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले कोरोना संक्रमण धेरै भएका ठाउँमा पूर्ण लकडाउन जारी राख्ने भएको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा अगष्ट ३१ अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन गर्ने भएको छ । सङ्क्रमित कम भएका ठाउँमा भने लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यस्तै, भारतले लगाउँदै आएको रात्रीकालीन कर्फ्यु हटाउने निर्णय गरेको छ भने जीम र योग संस्था खोल्ने निर्णय गरेको छ ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ भने अगष्ट ३१ सम्म नै बन्द हुने भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि