बैशाख १३, २०८१, बिहीबार
               

‘छक्का पन्जा ४’ बनाउन ३ करोड बजेट

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने निर्माता तथा लेखक दिपकराज गिरीले जानकारी दिएका छन् । निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ बर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने भएको हो ।

फरक फरक परिवेशमा चलचित्र छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने दिपकले बताए । दीपाश्री निरौलाले नै निर्देशन गर्ने यो चलचित्र यो बर्ष निर्माण नहुने भएको छ ।

यसअघि दिपकराज र उनको टिमले बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने तयारी गरेको छ । यसपछि मात्र चलचित्र ‘छक्का पन्जा ४’को छायांकन सुरु हुनेछ ।

निर्माता गिरी केही समयदेखि ‘छक्का पन्जा ४’को लेखनमा नै व्यस्त छन् । ओभरसिज बजार समेत अस्तव्यस्त भएपछि दिपकले तत्काल महंगो लगानीमा निर्माण हुने ‘छक्का पन्जा ४’लाई नबनाउने निर्णय गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि