चैत १६, २०८०, शुक्रबार
               

उद्योगमन्त्री भट्टलाई कसले दियो ज्यान मार्ने धम्की ?

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । 

बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । 

संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ । ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’

अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे । 

बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए । 

जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानुन कार्यान्वयनमात्रै गरेको बताए ।

संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दावी छ। 

 ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी दर्ता गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’ उनले भने ।

उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी गरे । 


कस्तो लाग्यो ?

यो पनि