बैशाख १३, २०८१, बिहीबार
               

युरोपियन गोल्डेन बुट जित्ने रोनाल्डोको सपनामा गम्भीर धक्का

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले एक  गोल पनि गर्न सकेनन् ।

अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर काग्लिएरीसँग २–० ले पराजित यो । उपाधि पक्का गरेपछिको खेलमा युभेन्टस पराजित भएको हो ।

घरेलु टोली काग्लिएरीका लागि लुका गाग्लिएनोले आठौँ तथा जिओभानी सिमेओनीले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा पनि युभेन्टसले गोल गर्न सकेन । यो सिजन लिगमा ३१ गोल गरिसकेका रोनाल्डोका लागि बुधबार रातिको खेल भने निराशाजनक रह्यो ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् ।

चिरोले लिगमा सिजनको ३५ औँ गोल बुधबार राति लाजिओले ब्रेसियालाई २–० ले पराजित गर्ने क्रममा गरेका हुन् ।

सिरी ए फुटबलको यो सिजनको एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् ।

उनले बुण्डेस लिगाको यो सिजनमा ३४ गोल गरेका रोर्बट लेवान्डोस्कीलाई पछि पारेका छन् ।

यस्तै चिरो सिरी ए को एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पर्नबाट एक गोल मात्रै पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हेगुइनले नापोलीका लागि ३६ गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि