बैशाख १३, २०८१, बिहीबार
               

पाल्पामा सबै धार्मिक कार्यक्रम बन्द

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

पाल्पा । कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय पाल्पाले श्रीकृष्ण जन्माष्टमीसम्मका सबै जात्रा पर्व बन्द गर्ने निर्णय गरेको छ ।

साउन ११ मा जिल्ला प्रशासन कार्यालयमा बसेको सबै स्थानीय तह, गुठीयार र गुठी संस्थानका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसँग सम्बन्धित संघ संस्थाहरू र सरोकारवालाको उपस्थिति रहेको थियो ।

सहायक प्रजिअ बञ्जाडेले भनिन्  ‘बैठकले भगवती जात्रा, रोपाईं जात्रा, भिमसेन, चुईकी जात्रा, अमर नारायण र गणेशको जात्रा जस्ता महोत्सव यस वर्ष नगर्ने निर्णय गरिएको हो ।’

श्रीकृष्ण जन्माष्टमी पछि कोरोनाको असर हेरेर पुनः निर्णय गर्ने निर्णय समेत भएको बताइन्  ।


कस्तो लाग्यो ?

यो पनि